साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेर २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार प्रतितोला सुन २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम सुनको मूल्य २ लाख ४८ हजार ८८५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले सस्तो हुँदै ४ हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको छ।

Online Arthik










