एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक समूहअन्तर्गतको २४ हजार ८९८ कित्ता सेयर बिक्रीमा राखेको छ।
कम्पनीका अनुसार उक्त सेयर खरिदका लागि हालका संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ। निवेदन काठमाडौंको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बुझाउन सकिने कम्पनीले जनाएको छ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

Online Arthik










