जावलाखेलस्थित अनोभा स्किन एण्ड हेयर क्लिनिकले कपाल प्रत्यारोपण (हेयर ट्रान्सप्लान्ट) सेवाका लागि अत्याधुनिक ट्रिभेलिनी माम्बा डिभाइस नेपालमा पहिलोपटक भित्र्याएको छ। ललितपुरमा आयोजित विशेष समारोहमा वरिष्ठ छाला रोग विशेषज्ञ डा. स्मृति श्रेष्ठ, मिस नेपाल अर्थ डा. सरिसा श्रेष्ठ, सोसल मिडिया इन्फ्लुएन्सर करिष्मा श्रेष्ठ, सुजाता श्रेष्ठ, मान्सी तामाङ, मिस्टर फुडी तथा क्रिकेटर ललित राजवंशीलगायतले संयुक्त रूपमा उक्त उपकरण अनावरण गरेका हुन्।

क्लिनिककी सञ्चालिका डा. स्मृति श्रेष्ठका अनुसार ट्रिभेलिनी माम्बा आधुनिक प्रविधिले कपाल प्रत्यारोपण प्रक्रियालाई अझ सटीक, सुरक्षित, प्रभावकारी र सहज बनाउनेछ। उनका अनुसार यो उपकरणले चिकित्सकलाई प्रत्यारोपणका क्रममा बढी नियन्त्रण र उच्च शुद्धताका साथ काम गर्न सहयोग पुर्‍याउने भएकाले बिरामीले गुणस्तरीय उपचार अनुभव प्राप्त गर्नेछन्।क्लिनिकका अनुसार नेपालमा पहिलोपटक प्रयोगमा ल्याइएको यो प्रविधिले कपालका फोलिकल (ग्राफ्ट) निकाल्ने क्रममा कम क्षति, उच्च नियन्त्रण र राम्रो गुणस्तर कायम गर्न मद्दत गर्छ। विभिन्न गति र मोड समायोजन गर्न सकिने भएकाले बिरामीको कपाल र छालाको अवस्थाअनुसार उपचार प्रक्रिया सञ्चालन गर्न सकिने विशेषता यसमा रहेको छ। विश्वका विभिन्न हेयर रिस्टोरेशन केन्द्रहरूमा प्रयोग हुँदै आएको यो प्रणालीले प्राकृतिक देखिने नतिजा दिन सहयोग गर्ने विश्वास गरिएको छ।डा. श्रेष्ठले अन्तर्राष्ट्रियस्तरको हेयर ट्रान्सप्लान्ट सेवा नेपालमै उपलब्ध गराउने उद्देश्यले यो उपकरण भित्र्याइएको बताइन्। कपाल झर्ने समस्याबाट पीडित सेवाग्राहीले अब अत्याधुनिक प्रविधिमार्फत स्वदेशमै उपचार सेवा लिन सक्ने क्लिनिकको दाबी छ। जावलाखेलस्थित ज्वाला भवनको तेस्रो तलामा रहेको अनोभा स्किन एण्ड हेयर क्लिनिकले इच्छुक सेवाग्राहीलाई परामर्शका लागि सम्पर्क गर्न पनि आग्रह गरेको छ।

डिभाइस अनावरण समारोहका अवसरमा भारतका वरिष्ठ छाला रोग विशेषज्ञ डा. असीम शर्मा, धुलिखेल अस्पताल (काठमाडौं विश्वविद्यालय अस्पताल) को छाला रोग विभाग प्रमुख डा. मनिषा सिंह तथा क्लिनिककी प्रमुख डा. स्मृति श्रेष्ठबीच अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा नेपालको मौसम, वातावरणीय प्रदूषणले छाला तथा कपालको स्वास्थ्यमा पारेको प्रभाव, त्यसको रोकथाम तथा नयाँ प्रविधिको उपयोगिता र सकारात्मक पक्षबारे विस्तृत छलफल गरिएको थियो।

तपाईको प्रतिक्रिया