रुरु जलविद्युत् परियोजना लिमिटेडले अन्य जलविद्युत् कम्पनीमा लगानी विस्तार गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको असार २५ गते बसेको बैठकले म्याग्दी हाइड्रोपावर लिमिटेडको जगेडा संस्थापक सेयर खरिद गर्ने निर्णय गरेको हो।

कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा साँझ ५ः३० बजे बसेको सञ्चालक समितिको बैठकले म्याग्दी हाइड्रोपावरको ८ लाख कित्ता जगेडा संस्थापक सेयर खरिद गर्ने निर्णय गरेको जनाएको छ।

प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको उक्त सेयर खरिदका लागि रुरु जलविद्युत् परियोजना लिमिटेडले कुल ८ करोड रुपैयाँ लगानी गर्नेछ। यो निर्णयसँगै कम्पनीले जलविद्युत् क्षेत्रमा आफ्नो लगानी विस्तार गर्ने रणनीतिलाई अघि बढाएको छ।

तपाईको प्रतिक्रिया