विराटनगरस्थित भाटभटेनी सुपर स्टोर असार २७ गतेदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ। भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोर पुनः सञ्चालनसँगै दैनिक रूपमा नियमित सेवा प्रदान गरिनेछ।
कम्पनीका अनुसार ग्राहकहरूको सहजता र सुविधालाई प्राथमिकतामा राख्दै स्टोरमा आधुनिक सुविधा, गुणस्तरीय सेवा तथा व्यवस्थित किनमेलको वातावरण उपलब्ध गराइनेछ।
भाटभटेनी सुपर मार्केटले ग्राहकहरूको विश्वास, साथ र सहयोगलाई उच्च प्राथमिकतामा राख्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, पुनः सञ्चालनको अवसरमा सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग र विश्वासको अपेक्षा गरेको जनाएको छ।

Online Arthik










