नबिल बैंक ले देशका विभिन्न जिल्लामा सञ्चालनमा रहेका १२ वटा शाखारहित बैंकिङ (बीएलबी) सेवा केन्द्र बन्द गरेको छ।
बैंकका अनुसार बन्द गरिएका सेवा केन्द्रहरूमा सुर्खेतको बराहताल–२ रानीघाट, बझाङको बित्थडचिर गाउँपालिका–१, २ र ९, अर्घाखाँचीको छत्रदेव–४, तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाकजुङ, वडा नं. ४ स्थित साम्दु र वडा नं. ५ स्थित इशिबु, धनकुटाको साँगुरीगढी–२ बुद्धिमोरङ तथा डोटीको सायल गाउँपालिका–२ स्थित छपाली, वडा नं. ६ स्थित डल्लेख र मेल्लेखका शाखारहित बैंकिङ सेवा केन्द्र रहेका छन्। बैंकले शाखारहित बैंकिङ सेवा बन्द भइसकेकाले सम्बन्धित प्रतिनिधिमार्फत अब कुनै पनि बैंकिङ कारोबार नगर्न ग्राहकहरूलाई आग्रह गरेको छ। साथै, बैंकिङ सेवा लिन नजिकको शाखा वा बैंकको डिजिटल बैंकिङ सेवा प्रयोग गर्न अनुरोध गरेको छ।
यस्तै, शाखारहित बैंकिङ सेवा सञ्चालन गरिरहेका प्रतिनिधिहरूलाई पनि अबउप्रान्त कुनै पनि बीएलबी कारोबार नगर्न तथा नगराउन बैंकले निर्देशन दिएको छ।

Online Arthik









