सिद्धार्थ क्यापिटल लिमिटेडद्वारा प्रवर्द्धित नयाँ सामूहिक लगानी कोष ‘सिद्धार्थ इक्विटी फण्ड–२’ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।
‘एसईएफ टु’ (SEF2) कारोबार संकेत (सिम्बोल) प्राप्त गरेको उक्त बन्दमुखी म्युचुअल फण्डको प्रतिइकाई अंकित तथा चुक्तामूल्य १० रुपैयाँ कायम गरिएको छ। कुल १२ करोड ५० लाख इकाई फण्ड आज नेप्सेमा सूचीकृत भएको हो।
नेप्सेमा सूचीकृत भएसँगै उक्त फण्डको इकाई धितोपत्र दोस्रो बजारमा साउन २० गते (भोलि) देखि नियमित कारोबारका लागि उपलब्ध हुने भएको छ।

Online Arthik










