खुद ब्याज आम्दानीमा वृद्धि, इम्पेयरमेन्ट चार्ज रिभर्सल तथा निष्क्रिय कर्जामा सुधारका कारण एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३० करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १३ लाख ५१२ रुपैयाँको तुलनामा २२,७८४.८० प्रतिशतले बढी हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५६ करोड ५५ लाख रुपैयाँबाट बढेर ६४ करोड ८८ लाख रुपैयाँ पुगेको छ भने खुद शुल्क तथा कमिशन आम्दानी ८ करोड २९ लाख रुपैयाँबाट ९ करोड ५५ लाख रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य मुनाफा १७ करोड ९७ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष १ करोड २६ लाख रुपैयाँ ऋणात्मक थियो। लाभांश क्षमता पनि १.०१ प्रतिशत ऋणात्मक अवस्थाबाट १४.३८ प्रतिशत धनात्मक बनेको छ। यस अवधिमा १९ करोड ४२ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्सल भएको छ भने निष्क्रिय कर्जा ६.६९ प्रतिशतबाट घटेर ४.५७ प्रतिशत र कस्ट अफ फण्ड ३.८७ प्रतिशतबाट २.८९ प्रतिशतमा झरेको छ। १ अर्ब २४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७८ करोड ४१ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १७ करोड ९७ लाख रुपैयाँ रहेको छ। साथै, प्रतिसेयर आम्दानी ०.११ रुपैयाँबाट बढेर २४.७६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७७.८५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति १,७०६.७८ रुपैयाँ, पीई रेसियो २२.६७ गुणा तथा तरलता अनुपात ३४.८४ प्रतिशत कायम भएको बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया