स्थानीय बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ३१० रुपैयाँ तोकिएको छ। यता चाँदीको मूल्य भने बढेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ३५० रुपैयाँ रहेको चाँदी आज ३० रुपैयाँले वृद्धि भई प्रतितोला ४ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया