सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेका दुई बन्दमुखी योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि नगद लाभांश घोषणा गरेका छन्। सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालनमा रहेका सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इक्विटी फण्ड–२, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ को लेखापरीक्षण सम्पन्न भएको छ।
लेखापरीक्षण कार्य सम्पन्न भएलगत्तै सिद्धार्थ क्यापिटलको भदौ १ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ का इकाइधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। निर्णयअनुसार सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ का इकाइधनीले ८ प्रतिशत तथा सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ का इकाइधनीले १० प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन्।
लाभांश वितरणका लागि आवश्यक प्रक्रिया पूरा गरेपछि बुक क्लोज मिति तय गरिने कम्पनीले जनाएको छ।

Online Arthik










