नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ।

कम्पनीले १० प्रतिशत दरमा निष्कासन गरेको कुल २३ लाख १० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो। हकप्रद सेयर सूचीकृत भएसँगै कम्पनीको कुल सूचीकृत सेयर संख्या २ करोड ६४ लाख ९८ हजार ९९६ कित्ता पुगेको छ।

नेप्सेमा सूचीकृत भएको उक्त हकप्रद सेयर भोलिदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।

तपाईको प्रतिक्रिया