युरोपियन इकोनोमिक चेम्बर (ईईसी) नेपालले आफ्नो १८औँ वार्षिक साधारणसभाको अवसरमा नेपालका लागि युरोपियन युनियन (ईयू) की राजदूत भेरोनिक लोरेन्जोको कार्यकाल पूरा भएको अवसरमा विशेष बिदाइ कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा राजदूत लोरेन्जोले नेपालमा बिताएको कार्यकालका अनुभव तथा सम्झना साझा गर्दै नेपाल–ईयू सम्बन्धलाई थप सुदृढ बनाउन भएका सहकार्य र प्रयासबारे चर्चा गरिन्।
ईईसी नेपालले राजदूत लोरेन्जोले नेपाल–ईयू सम्बन्ध मजबुत बनाउन पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै उनको आगामी यात्राका लागि शुभकामना व्यक्त गरेको जनाएको छ।

Online Arthik










