नेपाल चलचित्र कलाकार संघले बाढीपहिरो प्रभावित परिवारको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख २५ हजार ५२५ रुपैयाँ सहयोग गरेको छ।

शुक्रबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा संघका अध्यक्ष उत्तम केसीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि कलाकारहरूबाट संकलन गरिएको रकम कोषमा जम्मा गरिएको संघले जनाएको छ।

संघका अनुसार भदौ २३ गते ‘जेन–जी शहीद दिवस’ तथा संघको ३८औँ स्थापना दिवसका अवसरमा आयोजित रक्तदान तथा राहत सहयोग कार्यक्रममा रकम संकलन गरिएको थियो। सामाजिक उत्तरदायित्वअन्तर्गत कठिन परिस्थितिमा सरकारसँग एकताबद्ध हुँदै प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले रकम संकलन गरिएको संघले जनाएको छ।

तपाईको प्रतिक्रिया