ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ९.५ प्रतिशत लाभांश दिने भएको छ। असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले ६ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) दिने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ।

तपाईको प्रतिक्रिया