नेपाली बजारमा सुन–चाँदीको मूल्यमा भारी गिरावट आएको छ। आज सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला १५५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि गत सोमबार (कात्तिक २३ गते) छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ र चाँदी ३ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।
पछिल्लो मूल्यअनुसार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ भने चाँदीको मूल्यमा समेत कमी देखिएको छ।

Online Arthik










