सुपरमाई हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई कुल १८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.४२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

कम्पनीको सञ्चालक समितिको कात्तिक २२ गते बसेको १३९औँ बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश विद्युत् नियमन आयोगको स्वीकृति तथा आर्थिक वर्ष २०८२/८३ का लागि आह्वान हुने कम्पनीको १२औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया