महाकाली नदीमा आएको बाढीबाट क्षतिग्रस्त दोधारा–चाँदनी र भीमदत्तनगर जोड्ने ऐतिहासिक झोलुङ्गे पुलको स्थलगत निरीक्षण गर्न काठमाडौंस्थित प्राविधिक टोली सुदूरपश्चिम पुगेको छ। शहरी विकास मन्त्रालयअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमल अधिकारीको नेतृत्वमा टोली धनगढी पुगेको हो।

टोलीले शुक्रबार दोधारा–चाँदनी पुगेर पुलको क्षतिको प्राविधिक अध्ययन गर्नेछ। अध्ययनपछि पुल मर्मत वा पुनर्निर्माणबारे आवश्यक निर्णय लिइने अधिकारीले बताएका छन्।

गत बुधबार महाकालीमा आएको बाढीले पुलको एक भागको संरचना चुँडिएर नदीतर्फ लत्रिएपछि आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले पनि गृह मन्त्रालयलाई पत्राचार गर्दै पुल मर्मत तथा पुनःस्थापनाका लागि आवश्यक समन्वय गर्न आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया