नेपाल राष्ट्र बैंकले रु. १ दरका नयाँ सिक्का छाप्ने प्रक्रिया अघि बढाएको छ। बैंकले ४० करोड थान सिक्का छाप्न इच्छुक कम्पनीबाट अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो।

राष्ट्र बैंकका अनुसार इच्छुक कम्पनीले आगामी नोभेम्बर २ सम्म थापाथलीस्थित बैंकिङ विभागमा बोलपत्र पेस गर्नुपर्नेछ। प्रस्ताव पेस गर्दा २० हजार रुपैयाँ, १३१ अमेरिकी डलर वा ११५ युरो धरौटी राख्नुपर्नेछ।

छनोट हुने कम्पनीले सिक्काको डिजाइन, छपाइदेखि आपूर्तिसम्मको सम्पूर्ण जिम्मेवारी बहन गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया