नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले घटेको हो । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँ रहेको थियो भने चाँदी प्रतितोला ४ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबारको तुलनामा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको हो ।

Online Arthik










