राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार बैंक साढे चार करोड रुपैयाँ घाटामा रहेको छ।
अघिल्लो वर्षको तुलनामा बैंकको घाटा १ अर्ब ६६ करोड ६७ लाख रुपैयाँबाट घट्दै १ अर्ब ६१ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ। खुद ब्याज आम्दानी ३५.६१ प्रतिशतले बढेर १ अर्ब ५७ करोड १९ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ३४.७३ प्रतिशतले वृद्धि भई १ अर्ब ६० करोड ८९ लाख रुपैयाँ पुगेको छ।
यद्यपि, समिक्षा अवधिमा बैंकको खराब कर्जा ३०.३७ प्रतिशत पुगेको छ। सम्भावित जोखिम व्यवस्थापनका लागि बैंकले २५.१५ प्रतिशत प्रावधान छुट्याएको छ। वितरणयोग्य मुनाफा भने ४ अर्ब ३३ करोड ५५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
असार मसान्तसम्म बैंकको शेयर पुँजी २ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष ४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ।

Online Arthik










