ललितपुर हरिसिद्धीकी आश्मा दाहाल दराज नेपालको ११.११ “द बिगेस्ट सेल अफ द इयर” अभियानको ग्राण्ड प्राइज विजेता बनेकी छिन्, जसमा उनले एथर रिज्टा इलेक्ट्रिक स्कुटर जित्न सफल भएकी छिन्। ११.११ अभियान नोभेम्बर १० देखि २१ सम्म सञ्चालन भएको थियो र अत्यधिक ग्राहक सहभागिताका कारण नोभेम्बर ३० सम्म विस्तार गरिएको थियो। अभियान अन्तर्गत १ रुपैयाँ डिलमा सहभागी हुनका साथै न्यूनतम १०,००० रुपैयाँ खरिद मापदण्ड पूरा गरेकी आश्मा दाहाल ग्राण्ड प्राइजका लागि छनोट भएकी थिइन्। एथर रिज्टा इलेक्ट्रिक स्कुटर स्मार्ट शहरी यात्रा र दैनिक प्रयोगका लागि डिजाइन गरिएको, परिवारमैत्री, सुरक्षित र सहज राइडिङ अनुभव दिने स्कुटर हो। १ रुपैयाँ डिलका अलावा दराजले अन्य विजेताहरूको पनि घोषणा गरेको छ, जसमध्ये राजविराजका सुवास विश्वकर्माले थाइल्याण्ड यात्रा, काठमाण्डौकी निकिता श्रेष्ठले होटल कन्ट्री भिल्ला बसाइ, र अन्यले यती × रुपाकोट बसाइ लगायतका पुरस्कार जितेका छन्। दराज नेपालका प्रवक्ताले ११.११ अभियानले ग्राहकहरूलाई अर्थपूर्ण मूल्य र सम्झनलायक अनुभव प्रदान गरेको बताएका छन् र आगामी दिनमा अझ रोमाञ्चक तथा नविन अभियान ल्याइने जानकारी दिएका छन्। दराज २०१५ मा स्थापित दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो, जसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा सेवा दिँदै आएको छ।

Online Arthik










