नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ७ हजार ४०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको छ।
अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ रहेको थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०० रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला ४ हजार ९४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ८४५ रुपैयाँ रहेको थियो।

Online Arthik










