हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५१.५३ प्रतिशतले बढी हो। गत वर्ष संस्थाले ५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो। समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३०.२३ प्रतिशतले बढ्दै ३१ करोड ८६ लाख रुपैयाँ पुगेको छ भने खुद शुल्क तथा कमिशन आम्दानी ३ करोड २६ लाख रुपैयाँ रहेको छ। कुल सञ्चालन आम्दानी पनि बढेर ३२ करोड ३ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २८ करोड २८ लाख रुपैयाँमा सीमित थियो। यस अवधिमा संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ३ करोड ३७ लाख रुपैयाँ छुट्टाएको छ, जबकि अघिल्लो वर्ष रिभर्सल चार्ज ६८ लाख २२ हजार रुपैयाँ थियो। साथै, संस्थाको रिटेन्ड अर्निङ ३ करोड ८६ लाखबाट बढेर ५ करोड ७५ लाख रुपैयाँ पुगेको छ भने रिजर्भ कोष १२ करोड ३९ लाखबाट वृद्धि भई १६ करोड २९ लाख रुपैयाँ पुगेको छ। संस्थाले सेयर प्रिमियम शीर्षकमा ४ करोड ५५ लाख रुपैयाँ पनि छुट्टाएको जनाएको छ।

Online Arthik










