वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले काठमाडौं उपत्यकामा बिहीबार गरेको बजार अनुगमनका क्रममा कुलेश्वरस्थित साई श्री फुड्स प्रालिलाई २० हजार रुपैयाँ जरिबाना गरेको जनाएको छ। उक्त फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (घ) अनुसार कसुर गरेको पाइएपछि सोही ऐनको दफा ३९(१)(क) बमोजिम कारबाही गरिएको हो। विभागका अनुसार अनुगमनका क्रममा कुल ५२ वटा फर्म तथा कम्पनी जाँच गरिएकोमा ५१ वटालाई भने सामान्य निर्देशन दिएर छोडिएको छ।

Online Arthik










