स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले वैशाख २९ गतेदेखि निष्काशन गरेको शेयरमा आजसम्म मात्र आवेदन दिन सकिनेछ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ लाख ७८ हजार १२५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट भइसकेको छ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीले सञ्चालन गरिरहेको १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजनाको कुल लागत करिब २ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

तपाईको प्रतिक्रिया