त्रिवेणी राइस इंडस्ट्रीजको व्यापार सन् २०२५ मा ८९.१६ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले आर्थिक वर्ष २०२५ मा १ अर्ब ६ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो।

कम्पनीले सन् २०२४ मा ५६ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो। चालु आर्थिक वर्षको नौ महिनामै कम्पनीले ८९ करोड २० लाख रुपैयाँ बराबरको आम्दानी गरिसकेको जनाएको छ।

अघिल्लो वर्ष नगद घाटामा रहेको कम्पनीले यस वर्ष ७० लाख रुपैयाँ नगद नाफा कमाएको छ। व्यापार विस्तारसँगै कम्पनीको सञ्चालन नाफा मार्जिनमा पनि सुधार देखिएको छ। सन् २०२४ मा ३.३४ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा बढेर ५.७८ प्रतिशत पुगेको छ। त्यस्तै, सन् २०२५ मा कम्पनीको गियरिङ अनुपात ३.४६ गुणा रहेको छ भने ब्याज कभरेज रेसियो १.०९ गुणा रहेको छ।सन् २०२३ सेप्टेम्बरमा स्थापना भएको त्रिवेणी राइस इन्डस्ट्रिजले जीरा मसिनो र सोना मन्सुली चामल उत्पादन तथा वितरण गर्दै आएको छ। कम्पनीको उत्पादन प्लान्ट Birgunj महानगरपालिका–३२ चोर्नीमा रहेको छ। कम्पनीको उत्पादन प्रशोधन क्षमता प्रतिघण्टा ८ मेट्रिक टन रहेको बताइएको छ।

कम्पनीका अध्यक्ष Birendra Kumar Sanghai हुन्। संघाई परिवारको स्वामित्व रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि कुल १ अर्ब रुपैयाँ बराबरको रेटिङ गराएको छ। कम्पनीले दीर्घकालीन कर्जाका लागि २५ करोड ४० लाख रुपैयाँ तथा अल्पकालीन कर्जाका लागि ७४ करोड ६० लाख रुपैयाँ बराबरको रेटिङ गराएको जनाएको छ।

तपाईको प्रतिक्रिया