नेपाली आरोही तेन्जिङ डेभिड शेर्पा ले पाँच दिनको छोटो अवधिमा सर्वोच्च शिखर सगरमाथासहित तीन ठूला हिमालको सफल आरोहण गरेर कीर्तिमान कायम गरेका छन्।

एसियन ट्रेकिङ प्रालि को व्यवस्थापनमा आरोहणमा गएका उनले सगरमाथा (८,८४८ मिटर), ल्होत्से (८,५१६ मिटर) र नुप्त्से (७,८१६ मिटर) हिमाल सफलतापूर्वक आरोहण गरेका हुन्।  qकम्पनीका प्रबन्ध निर्देशक दावा स्टेभन शेर्पाका अनुसार उनले ३ जेठमा नुप्त्से, ६ जेठमा सगरमाथा र ७ जेठमा ल्होत्से हिमाल आरोहण गरेका थिए।

एकै सिजनमा सगरमाथासहित तीन प्रमुख हिमाल आरोहण गर्ने सीमित आरोहीमध्ये उनी पनि परेको कम्पनीले जनाएको छ। तेन्जिङ डेभिड सोही कम्पनीका निर्देशक पनि हुन्।

तपाईको प्रतिक्रिया