माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड ले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले असार ३ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १४ लाख २७ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो।सर्वसाधारणका लागि खुला गरिएको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। कम्पनीलाई रेटिङ संस्था केयर रेटिङ् नेपाल ले ‘CARE-NP BB (Issuer Rating)’ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, मेरो सेयर  प्रणालीमार्फत अनलाइन आवेदन दिने सुविधा पनि उपलब्ध छ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबि एस क्यापिटल लिमिटेड ले सम्हालिरहेको छ।

आईपीओमा आवेदन दिन इच्छुक लगानीकर्ताले आज बैंकिङ समयभित्र वा मेरो सेयर प्रणालीमार्फत निर्धारित समयसीमाभित्र आवेदन दिनुपर्नेछ।

तपाईको प्रतिक्रिया