एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड ले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

बैंकको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट नगद वा बोनस सेयरसहित कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो। बैठकले आर्थिक वर्ष २०८१/८२ सम्मको लेखापरीक्षण सम्पन्न वित्तीय विवरण स्वीकृत गरी आवश्यक अनुमोदनका लागि नेपाल राष्ट्र बैंक मा पेश गर्ने निर्णय समेत गरेको जनाएको छ।लाभांश वितरण नगर्ने निर्णयसँगै बैंकले प्राप्त नाफालाई संस्थागत सुदृढीकरण तथा भविष्यका वित्तीय आवश्यकता व्यवस्थापनका लागि सञ्चित राख्ने संकेत गरेको छ। यद्यपि, लाभांश नदिने अन्तिम निर्णय भने नियामकीय प्रक्रिया तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि औपचारिक रूपमा कार्यान्वयन हुनेछ।

बैंक तथा वित्तीय संस्थाहरूले वितरणयोग्य मुनाफा, पूँजी पर्याप्तता, खराब कर्जा अवस्था, नियामकीय व्यवस्था तथा भावी व्यवसायिक योजनालाई आधार बनाएर लाभांश सम्बन्धी निर्णय गर्ने गरेका छन्। एक्सेल डेभलपमेन्ट बैंकले पनि यही आधारमा आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया