स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७७ हजार ९ सय रुपैयाँ कायम भएको छ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार २ सय ८५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया