नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। बैंकले लगातार तेस्रो पटक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा प्रदान गरिने निजी क्षेत्रतर्फको गोल्ड अवार्ड जितेको हो।
यससँगै बैंकले पहिलो पटक प्रदान गरिएको कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अवार्ड र सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड अन्तर्गत पनि सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको छ। यसरी नबिल बैंक एकैपटक तीन विधामा सम्मानित भएको हो। मंगलबार काठमाडौंमा आयोजित समारोहमा आइक्यानका अध्यक्ष सिए निलबहादुर सारु मगरले बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त प्रमुख सन्दिप बाबु पौडेललाई अवार्ड हस्तान्तरण गरेका थिए।
आर्थिक वर्ष २०२५ को वार्षिक प्रतिवेदनका आधारमा प्रदान गरिएको अवार्ड छनोटमा वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन र दिगोपनालाई मुख्य मापदण्ड बनाइएको थियो। नबिल बैंकले यसअघि पनि सन् २०२३ र २०२४ का वार्षिक प्रतिवेदनका लागि यही पुरस्कार प्राप्त गरेको थियो।

Online Arthik










