कामना सेवा विकास बैंक लिमिटेडले ४८ हजार कित्ता संस्थापक समूहको सेयर आजदेखि बिक्रीमा राखेको छ। यसअघि संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदा आवेदन नपरेपछि बैंकले सर्वसाधारण तथा कम्पनीलाई पनि खरिदका लागि खुला गरेको हो।

सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। आवेदनमा खरिद गर्न चाहेको सेयर संख्या स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने बैंकले जनाएको छ।

बैंकले यसअघि संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गरेको थियो। तोकिएको अवधिमा कुनै आवेदन नपरेपछि उक्त सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

तपाईको प्रतिक्रिया