कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गतको ५ हजार कित्ता सेयर आजदेखि बिक्रीमा राखेको छ ।

बैंकका अनुसार उक्त सेयर खरिदका लागि हालका (विद्यमान) संस्थापक सेयरधनीहरू मात्रै योग्य हुनेछन् । इच्छुक संस्थापक सेयरधनीहरूले आजदेखि ३५ दिनभित्र खरिद आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरूले तोकिएको अवधिभित्र बैंकको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर निवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया