उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा ओभरटाइमका नाममा भइरहेको अनावश्यक खर्च नियन्त्रण गर्न अतिरिक्त कार्यभत्ता कटौती गर्ने तयारी गरेकी छन्। निगमको कर्मचारी प्रशासन नियमावलीअनुसार दिइँदै आएको अतिरिक्त कार्यभत्तालाई अब सिफ्ट प्रणालीमा रूपान्तरण गर्ने गृहकार्य अघि बढाइएको छ। गत वर्ष मात्रै ओभरटाइम भत्तामा करिब १३ करोड रुपैयाँ खर्च भएको तथ्यांक सार्वजनिक भएपछि यस्तो निर्णय लिइएको हो। नयाँ व्यवस्था लागू भएपछि कर्मचारीलाई अतिरिक्त भत्ताको सट्टा कार्यप्रकृतिअनुसार विभिन्न सिफ्टमा परिचालन गरिनेछ, जसबाट प्रशासनिक खर्च घट्नुका साथै संस्थामा वित्तीय अनुशासन कायम हुने अपेक्षा गरिएको छ।

Online Arthik










