नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ। नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये छनोट प्रक्रियाबाट डा. आलमलाई नियुक्त गरिएको सरकारले जनाएको छ। शपथ ग्रहणपछि मन्त्री मेहताले नेपाल फार्मेसी परिषद्लाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी संस्थाका रूपमा विकास गर्न निर्देशन दिइन्। उनले औषधि सेवाको गुणस्तर अभिवृद्धि, फार्मेसी शिक्षाको सुदृढीकरण, पेशागत नियमनलाई प्रभावकारी बनाउने तथा जनविश्वास बढाउने कार्यमा परिषद्ले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिइन्।

नवनियुक्त अध्यक्ष डा. आलमले परिषद्को संस्थागत क्षमता अभिवृद्धि गर्दै फार्मेसी क्षेत्रको विकास, सेवा प्रवाहमा सुधार तथा पेशागत मर्यादा कायम गर्न प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया