नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँले घटेको हो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ९० रुपैयाँले घटेको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ६६० रुपैयाँ कायम भएको छ।

बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला ४ हजार ७५० रुपैयाँ रहेको थियो।

तपाईको प्रतिक्रिया