नेपाली बजारमा सुनको मूल्य सोमबार एकैदिन प्रतितोला ५ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार यसको मूल्य २ लाख ९९ हजार ३०० रुपैयाँ थियो।

त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ३१५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा ४ हजार २८५ रुपैयाँले कमी आएको हो।

चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा १४५ रुपैयाँ कम हो। १० ग्राम चाँदीको मूल्य ३ हजार ८६७ रुपैयाँ कायम भएको छ।

तपाईको प्रतिक्रिया