प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि अवरुद्ध ताप्लेजुङको सुकेटार विमानस्थलमा सोमबारदेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ हवाई उडान पुनः सुरु भएको छ। गत जेठ २२ गतेदेखि हुस्सु र कुहिरोका कारण भिजिबिलिटी कम हुँदा उडान रोकिएको थियो।
मौसममा सुधार आएपछि उडान सञ्चालनमा आएको नेपाल वायु सेवा निगमले जनाएको छ। सोमबार ताप्लेजुङबाट पाँच जना काठमाडौँ गएका छन् भने काठमाडौँबाट १३ जना ताप्लेजुङ पुगेका छन्। अब साताको सोमबार, बिहीबार र शनिबार उडान हुने तथा काठमाडौँ–ताप्लेजुङ भाडा १२ हजार २७० र ताप्लेजुङ–काठमाडौँ १२ हजार ७० रुपैयाँ कायम गरिएको छ। दशैँ–तिहार र पर्यटकीय सिजन नजिकिँदै गर्दा उडान पुनः सुरु भएपछि यात्रु तथा पर्यटन व्यवसायी उत्साहित भएका छन्।

Online Arthik










