मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। बैठकमा बाढीपीडितको पुनर्स्थापना तथा राहत व्यवस्थापन, सचिव बढुवा र संघीय निजामती सेवा विधेयकलगायत विषयमा छलफल हुने तयारी छ।
सरकारले प्रशासन र प्राविधिकतर्फ एक–एक जना वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गर्ने तयारी गरेको छ। प्रशासनतर्फ आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्य तथा प्राविधिकतर्फ डा. जगदिश्वर कर्माचार्य, नवीनराज सिंह र मीना श्रेष्ठको नाम बढुवाका लागि सिफारिस भएको छ। बैठकले दुवै समूहबाट एक–एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय गर्न सक्ने जनाइएको छ।
यसैगरी, पछिल्लो बाढीबाट प्रभावित नागरिकको पुनर्स्थापना र राहत व्यवस्थापन तथा संघीय निजामती सेवा विधेयकसँग सम्बन्धित विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ।

Online Arthik










