चिरख्वा हाइड्रोपावर लिमिटेडको ३० लाख २० हजार ७०० कित्ता संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीका लागि सुरक्षित शेयरको लकइन अवधि कात्तिक १४ गतेदेखि सकिने भएको छ।
कम्पनीका अनुसार योग्य संस्थापक लगानीकर्ताका लागि २७ लाख कित्ता, आयोजना प्रभावित स्थानीयका लागि २ लाख ४ हजार ७०० कित्ता र कर्मचारीका लागि १६ हजार कित्ता शेयर लकइनमा राखिएको थियो। लकइन अवधि सकिएपछि यी शेयर कारोबारका लागि योग्य हुनेछन्।

Online Arthik










