नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले बढेर २ लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँ र चाँदी ४ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया