लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले रसुवालगायतका क्षेत्रमा गएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २१ लाख ५७ हजार ४१८ रुपैयाँ सहयोग गरेको छ।

कम्पनी तथा कर्मचारीहरूको व्यक्तिगत योगदानबाट संकलित उक्त रकम बाढी प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रदान गरिएको कम्पनीले जनाएको छ। कम्पनीले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

तपाईको प्रतिक्रिया