नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घटेर २ लाख ८८ हजार ४०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला २२० रुपैयाँले घटेर ४ हजार ३५ रुपैयाँमा झरेको छ।
बुधबार छापावाल सुन प्रतितोला २ लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ४ हजार २५५ रुपैयाँ कायम रहेको थियो। बुधबारको तुलनामा बिहीबार दुवै बहुमूल्य धातुको मूल्यमा गिरावट आएको हो।

Online Arthik










