सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मंगलबार बिहान अवतरण गर्ने क्रममा एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकोप्टरका पङ्खा एकआपसमा ठोक्किएपछि दुर्घटना भएको हो ।प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको घटनास्थलमै मृत्यु भएको छ । यद्यपि, मृतक कुन देशका नागरिक हुन् भन्ने खुल्न सकेको छैन । दुर्घटनामा घाइते भएका एक जनालाई प्रभु एयरको हेलिकोप्टरमार्फत उद्धार गरी लुक्लास्थित अस्पताल पुर्याइएको छ ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी थापा मगरले जानकारी दिएका छन् ।

Online Arthik










