हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको २६२औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांशमा ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश रहेको छ । संस्थाको हाल कायम चुक्ता पुँजी ३४ करोड १० लाख ८६ हजार ३५ रुपैयाँ ८४ पैसा रहेको छ । प्रस्तावअनुसार संस्थाले १ करोड ६२ लाख १ हजार ५८६ रुपैयाँ ७० पैसा बराबरको बोनस सेयर वितरण गर्नेछ । त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ८ लाख ५२ हजार ७१५ रुपैयाँ ९ पैसा नगद लाभांश वितरण गरिनेछ ।

संस्थाको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया