सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १४ करोड २३ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिमा कमाएको १२ करोड ३५ लाख ८६ हजार रुपैयाँको तुलनामा १५.२० प्रतिशत बढी हो।
होटलले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा सञ्चालन आम्दानी १४.८९ प्रतिशतले बढेर ७२ करोड १४ लाख १२ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा होटलले ६२ करोड ७९ लाख ४० हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। आम्दानीसँगै होटलको खर्च पनि बढेको छ। समीक्षा अवधिमा कुल खर्च १४.३३ प्रतिशतले वृद्धि भई ५५ करोड ३२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ४८ करोड ३८ लाख ४९ हजार रुपैयाँ रहेको थियो।यस अवधिमा होटलको प्रतिसेयर आम्दानी (ईपीएस) १ रुपैयाँ २१ पैसा रहेको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ २९ रुपैयाँ ९१ पैसा र मूल्य आम्दानी अनुपात ४२९.२० गुणा कायम भएको छ।
होटलको चुक्ता पुँजी १ अर्ब १७ करोड ५१ लाख ५२ हजार रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको सञ्चित नाफा तथा जगेडा कोषमा २ अर्ब ३४ करोड ३ लाख ७४ हजार रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।

Online Arthik









