विश्वप्रसिद्ध टायर ब्रान्ड मिशेलिनको प्रिमियम प्यासेन्जर कार टायर सिरिज ‘प्राइमसी ५’ नेपाली बजारमा उपलब्ध भएको छ । नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिले उक्त टायर नेपाली बजारमा ल्याएको हो ।

आधुनिक प्यासेन्जर कारलाई लक्षित गरी तयार गरिएको प्राइमसी ५ गुणस्तर, प्रविधि र नवीनताका लागि परिचित मिशेलिनको प्रिमियम सिरिज हो । यसले नेपाली उपभोक्तालाई आफ्नो सवारीसाधनका लागि अन्तर्राष्ट्रिय स्तरको टायर छनोट गर्ने थप अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ । नेपालमा प्राइमसी ५ सिरिज १९५/५५ आर१६, २०५/६० आर१६, २०५/६५ आर१६, २१५/६० आर१६ र २१५/६० आर१७ गरी पाँच फरक साइजमा उपलब्ध हुनेछ । यी टायर हुन्डाई, किया, सुजुकी, टाटा, बीवाईडी, होन्डालगायत विभिन्न ब्रान्डका प्यासेन्जर कार तथा एसयूभीका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार २१५/६० आर१७ साइज हुन्डाई क्रेटा, किया सेल्टोस, जिप कम्पास, बीवाईडी एट्टो २, एट्टो ३ तथा नामी बक्सका लागि उपयुक्त छ । त्यस्तै, २०५/६० आर१६ साइज हुन्डाई र किया पुराना सेडान, सुजुकी ब्रेजा तथा फोर्ड इकोस्पोर्टका लागि उपलब्ध हुनेछ ।यसैगरी, २०५/६५ आर१६ साइज हुन्डाई क्रेटा र किया सेल्टोसका लागि उपयुक्त रहेको छ भने १९५/५५ आर१६ साइज हुन्डाई आई२०, सुजुकी बलेनो, एक्सेन्ट, फोर्ड फिएस्टा, टाटा अल्ट्रोज, होन्डा सिटी, किया रियो, सुजुकी स्विफ्ट तथा फक्सवागन पोलोलगायतका गाडीमा प्रयोग गर्न सकिनेछ । २१५/६० आर१६ साइज भने हुन्डाई भेन्यु, किया सोनेट, सुजुकी ब्रेजा, टाटा नेक्सन र टाटा कर्भका लागि उपलब्ध हुनेछ ।

सिप्रदी अटोपार्ट्सले अन्तर्राष्ट्रिय प्रतिष्ठित अटोमोटिभ ब्रान्डका गुणस्तरीय उत्पादन नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । प्राइमसी ५ सिरिजको आगमनले नेपाली ग्राहकलाई प्रिमियम टायरका थप विकल्प उपलब्ध गराउने कम्पनीको अपेक्षा छ । ग्राहकले आफ्नो सवारीसाधनअनुसार आवश्यक टायरको साइज, उपलब्धता तथा खरिदसम्बन्धी जानकारी सिप्रदी अटोपार्ट्समार्फत लिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया