मनकामनाको पहिलो लक्जरी होटल मनकामना हिलक्रेस्ट रिसोर्टले सञ्चालनको एक वर्ष पूरा गर्दै दोस्रो वर्षमा प्रवेश गरेको छ। चितवन को–ई समूहअन्तर्गत रिसोर्ट्स बाई मनकामना केबलकार प्रालिद्वारा सञ्चालित रिसोर्टले आइतबार पहिलो वार्षिकोत्सव मनाएको हो।
समूहका संस्थापक स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको दीर्घकालीन परिकल्पनाअनुसार निर्माण गरिएको रिसोर्टले पहिलो वर्षको अनुभव सन्तोषजनक र उत्साहजनक रहेको जनाएको छ। मनकामनालाई धार्मिक पर्यटनसँगै अन्य पर्यटकका लागि समेत आकर्षक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित रिसोर्ट सञ्चालनमा ल्याइएको हो। रिसोर्टले संस्थापकको परिकल्पनालाई निरन्तरता दिँदै सेवा, गुणस्तर र पाहुनाको सन्तुष्टिमा थप सुधार गर्ने प्रतिबद्धता जनाएको छ। साथै, रिसोर्टको विकासमा सहयोग पुर्याउने कर्मचारी, स्थानीय बासिन्दा, सहिद लखन गाउँपालिका, गोरखा जिल्ला प्रशासन कार्यालय, ट्राभल एजेन्सी तथा पर्यटन क्षेत्रका सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।
आगामी दिनमा सेवा तथा गतिविधि विस्तार गर्दै मनकामनालाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न योगदान पुर्याउने रिसोर्टले जनाएको छ।


Online Arthik









