कालिञ्चोक दर्शन लिमिटेड कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ६० करोडको २ प्रतिशतले हुने १ करोड २० लाख रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गर्नेछ। जसअनुसार १०० अंकित दरका कुल १ लाख २० हजार कित्ता आईपीओ जारी गरिनेछ।

त्यसैगरी सर्वसाधारणमा निष्कासन हुने १० लाख ८० हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा गाएका नेपालीले आवेदन पाउनेछन्।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि १० हजार ८०० कित्तासम्म आवेदन दिन पाउनेछन्।

स्थानीयका लागि जारी आईपीओ छिटोमा मंसिर २८ गतेसम्म आवेदन दिनुपर्नेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा बिक्री खुला अवधि पुस १४ गतेसम्म लम्ब्याइने कम्पनीले जनाएको छ।

यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीले भने मंसिर २८ गतेसम्म आईपीओ भरिसक्नुपर्नेछ।

लगानीकर्ताले बिक्री प्रबन्धक र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन्। दोलखा जिल्लास्थित मेगा बैंक र सेञ्चुरी बैंकका तोकिएका शाखाहरुबाट पनि यो आइपीओमा आवेदन दिन सकिनेछ।

कालिञ्चोक दर्शनको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

 

तपाईको प्रतिक्रिया