आयोगले प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजा पनि आजै सार्वजनिक गर्ने भएको छ । त्यसका लागि आज दिउँसो पत्रकार सम्मेलन आयोजना गरिने आयोगले जनाएको छ । निर्वाचनको अन्तिम नतिजा घोषणा भएको एक हप्ताभित्र निर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । आयोगले भोलि निर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउने तयारी गरेको पनि जनाएको छ ।

प्रतिनिधिसभा तर्फ दलहरुले पेश गरेको समानुपातिक सुचीमा सुधार गर्नुपर्ने नदेखिएपनि प्रदेशको हकमा भने दलहरुले पेश गरेको सुचीवारे आयोगले थप निर्णय लिनुपर्ने अवस्था रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले वताउनुभयो । प्रदेशको हकमा समानुपातिक निर्वाचनबाट निर्वाचित हुने उम्मेदवारहरुको घोषणा आगामी पुस २ गते बुझाउने तयारी गरिएको आयोगले जनाएको छ । राष्ट्रपतिले निर्वाचन परिणामको प्रतिवेदन बुझेपछि नयाँ सरकार गठन प्रक्रिया सुरू हुन्छ ।

 

तपाईको प्रतिक्रिया